शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो शिल्पीको नाटक ‘ढकियामे नागरिकता’

मङ्गलबार, ११ माघ २०७८, ११ : ५६
मङ्गलबार, ११ माघ २०७८

नागरिकताबिहीनको समस्याको कथामा तयार नाटक ‘ढकियामे नागरिकता’ को मञ्चन सकिएको छ । बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा १ गतेदेखि जारी नाटक सोमबारबाट सकिएको हो । नाटकको अन्तिम शो सोमबार ४ः ३० मा रहेको थियो ।

नाटककी लेखक तथा निर्देशक सरिता साह हुन् । राज्यले नागरिकता जस्तो संवेदनशील विषयलाई नजरअन्दाज गर्दा लाखौं नागरिकहरु अनागरिक हुनु परेको कथा नाटककले मार्मिक ढङ्गबाट प्रस्तुत गरेको थियो ।
कलाकारहरु सरिता साह (महोत्तरी), अनिल कुर्मी (नवलपरासी), सुजिता साह (महोत्तरी), राज शर्मा पंगेनी (नवलपरासी), आदित्य मिश्रा (रौतहट), हाङ ओ राई (भोजपुर), रमिता यादव (सिरहा), सञ्जय मुडियारी (मोरङ), सुदीपजंग कार्की (मोरङ), सुदीप पटेल (धनुषा), सुस्मिता पोखरेल (सुनसरी) र प्रिन्स साहको नाटकमा अभिनय रहेको थियो ।

माक्स तथा भौतिक दुरी कायम गर्दै शिल्पीले गत १ गतेदेखि नाटक नियमित १० दिन मञ्चन गरेको शिल्पी थिएटरका घिमिरे युवराजले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप