शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुन देशमा मृत्यु सबैभन्दा सहज ? ८१ देशको सूचीमा ब्रिटेन सबैभन्दा अगाडि, नेपाल कतिमा ?

मङ्गलबार, ११ माघ २०७८, ११ : २५
मङ्गलबार, ११ माघ २०७८

विश्वमा जीवनलाई मात्रै होइन, मृत्युलाई पनि उत्तिकै महत्त्व दिने गरिन्छ । सबै व्यक्तिले राम्रो जिन्दगी र शान्तिले प्राण जाओस् भनेर प्रार्थना गर्ने गर्छन् । जुन देशको आर्थिक अवस्था राम्रो छ ति देशहरुमा मानिसको मृत्यु पनि सहज नै हुन्छ तर, गरिब देशहरुमा व्यक्तिको मृत्यु भने पीडादायी हुने गरेका थुप्रै उदाहरणहरु छन् । वैज्ञानिकहरुले हालै क्वालिटी अफ डेथ एण्ड डायिङ  इन्डेक्स २०२१ मार्फत विश्वमा सहज मृत्यु भएका देशहरुको बारेमा बताएका छन् । 

उक्त सूची अमेरिकाको ड्युक युनिभर्सिटीले अनुसन्धानमार्फत तयार पारेको हो । यसमा विश्वभरका ८१ देशमा जिन्दगीको आखिरी दिनहरुमा हुने हेरचाहको आधारमा ए, बी, सी, डी, ई र एफ ग्रेड दिइएको छ । रिपोर्टका अनुसार केवल ६ देशलाई ए ग्रेड र २१ देशलाई एफ ग्रेड दिइएको छ । 

उक्त इन्डेक्सका अनुसार युनाइटेड किङडम (युके) पहिलो स्थानमा छ । यसका साथै, आयरल्याण्ड, ताइवान, कोस्टा, रिका, दक्षिण कोरिया र अस्ट्रेलियालाई पनि ए ग्रेड दिइएको छ । यी देशहरुमा अन्तिम अवस्थामा पुगेका व्यक्तिहरुको शारीरिक र मानसिक स्वास्थ्यको ख्याल गर्ने गरिन्छ । 

विश्वका ८१ वटा देशहरुमा प्याराग्वेलाई ८१ औं स्थानमा राखिएको छ । यो देशमा अन्तिम अवस्थामा रहेका व्यक्तिहरुलाई सहज वातावरण प्रदान गरिदैँन । बंग्लादेश, लेबनान, ह्याती, ब्राजिल, सेनेगल, पोर्तुगल, दक्षिण अफ्रिका, आर्मेनिया, अर्जेन्टिना, नेपाल, सुडान, मलेशिया, इथियोपिया र इराक जस्ता देशहरुलाई एफ ग्रेड प्रदान गरिएको छ । 

भारतलाई डी ग्रेड 
उक्त इन्डेक्सका अनुसार भारतलाई डी ग्रेड प्रदान गरिएको छ । भारतका साथै चीन, रुस, ग्रीस, इन्डोनेशिया, चिली, जर्जिया, भियतनाम र मेक्सिकोलाई पनि डी ग्रेड दिइएको छ । यस्तै, अमेरिकालाई सी ग्रेड दिइएको छ । अमेरिकाका साथसाथै कोलम्बिया, म्यानमार, मेक्सिको, थाइल्याण्ड, मिस्ना, घाना, इजराइल, युगान्डा, डेनमार्क र नाइजेरियालाई सी ग्रेड प्रदान गरिएको छ । 

अध्ययनमा संलग्न स्टीफन कोनरका अनुसार राम्रो ग्रेड हुने देशहरुको आर्थिक आम्दानी राम्रो छ । त्यहाँको सरकारले बाँकी देशको तुलनामा नागरिकको स्वास्थ्यमा ध्यान दिएको पाइएको छ । जुन देशको ग्रेड राम्रो छैन ति देशको सरकारले नागरिकको स्वास्थ्यमा ध्यान दिएको पाइदैन ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप