
ADVERTISEMENT
सुनकाे मूल्य तोलामा ५०० रुपैयाँले बढ्याे
सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा मंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ