शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ऐश्वर्याले बेहुली हुँदा लगाएकी थिइन् सुनको धागोबाट तयार पारेको यस्तो सारी

मङ्गलबार, ११ माघ २०७८, १० : ३८
मङ्गलबार, ११ माघ २०७८

बलिउड सुन्दरी ऐश्वर्या राय बच्चन र अभिनेता अभिषेक बच्चनको विवाह भएको १४ वर्ष पूरा भइसकेको छ । यी दुईको विवाहले सञ्चारमाध्यममा लामो समयसम्म चर्चा पाइरह्यो । विवाहको भिडियो र तस्बिर सार्वजनिक नभए पनि उनीहरुको विवाहलाई निकै महत्त्व दिइएको थियो । विवाहको केही समयपछि ऐश्वर्या र अभिषेकका विवाहका केही तस्बिर भने बाहिरिए । ऐश्वर्यालाई बेहुली बनाउन चर्चित डिजाइनर नीता लुल्लाले मद्दत गरेकी थिइन् । 

साउथ इन्डियाबाट विवाह भएकाले ऐश्वर्याले सारी लगाएकी थिइन् । उनी साउथ इन्डियाको परम्पराअनुसार तयार भएकी थिइन् । उनले सारी मात्र होइन गरगहना, कपालको स्टाइल सबै साउथ इन्डियन तरिकारले बनाएकी थिइन् । ऐश्वर्याले नीता लुल्लाको डिजाइनमा बनेको सारी पहिरिएकी थिइन् । पिंकभिलाको एक रिपोर्टका अनुसार ऐश्वर्याले विवाहमा लगाएको सारीमा सुन पनि मिलाइएको थियो । जसमा क्रिस्टल र अन्य मणिहरुको प्रयोग भएको थियो । 

पिंकभिलाको रिपोर्टमा उल्लेख भएअनुसार ऐश्वर्याले लगाएको सारीको मूल्य ७५ लाख (भारतीय रुपियाँ) थियो । अभिषेकले भने विवाहमा क्रिम कलरको शेरवानी लगाएका थिए । उनको शेरवानी अबु आनी र सन्दीप खोसलाले डिजाइन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप