शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ५ दिनमा कोरोना संक्रमितमा २७.२० प्रतिशतको कमी

मङ्गलबार, ११ माघ २०७८, १० : ०५
मङ्गलबार, ११ माघ २०७८


भारतमा लगातार चौथो दिन कोरोना संक्रमितको संख्यामा कमी आएको छ । सोमबार २,५२,८७४ नयाँ संक्रमित भेटिएका छन् । यतिबेला २.६७ लाख संक्रमित निको भएका छन् भने ६१४ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितमा करिब ५०,१९० को कमी आएको छ । भारतमा हाल कुल सक्रिय संक्रमितको संख्या २२.३६ लाख छ । 

आइतबार भारतमा ३,०६,०६४ नयाँ कोरोना संक्रमित भेटिएका थिए । यतिबेला २.४३ लाख जना निको भएका थिए जबकी ४३९ जनाको मृत्यु भएको थियो । यस्तै शनिबार ३,३३,५३३ नयाँ कोरोना संक्रमित भेटिएका थिए । त्यसको एकदिन अघि शुक्रबार ३.३७ लाख संक्रमित भेटिएका थिए र बिहिबार ३.४७ लाख जना संक्रमित भेटिएका थिए । यससँगै भारतमा ५ दिनमा कोरोना संक्रमितको संख्यामा २७.२० प्रतिशतको कमी आएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । 

यसैबीच, भारतीय सरकारले कोभिडको दैनिक संक्रमितको संख्यामा १५ फेब्रुअरीपछि गिरावट देखिने बताएको छ । न्युज एजेन्सी एएनआईको रिपोर्ट अनुसार केही राज्य र मेट्रो सिटीमा १५ फेब्रुअरीपछि कम संक्रमित भेटिनेछन् र संक्रमणमा स्थीरता आउन थाल्नेछ । खोपका कारण तेस्रो लहरको असर निकै कम भएको छ । 
 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप