बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बाइडेनले पत्रकारलाई मुख छाडे, भिडियो भाइरल

मङ्गलबार, ११ माघ २०७८, ०९ : ३२
मङ्गलबार, ११ माघ २०७८

अमेरिकामा बढ्दो महँगीबारे प्रश्न गर्ने पत्रकारमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले अपशब्द प्रयोग गरेका छन् । बाइडेनले मुख छाडेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई देशमा बढ्दो महँगीका कारण मध्यावधि चुनावमा पार्टीलाई कति घाटा हुन्छ भनेर प्रश्न गरेका थिए । यसबारे जवाफ दिँदै बाइडेनले आफ्नो पार्टीलाई घटा नभएर फाइदा हुने बताएका थिए । त्यसपछि भने उनले पत्रकारलाई 'सन अफ अ **' भन्दै गाली गरेका थिए ।

बाइडेनले पहिले पनि कयौँ पत्रकारलाई गाली गरिसकेका छन् । गत हप्ता फक्स न्युजकी एक महिला पत्रकारले युक्रेन मामिलामा उनलाई 'तपाईं किन रुसका राष्ट्रपतिले पहिलो कदम उठाओस् भनेर पर्खिराख्नु भएको छ ?' भनेर सोधेकी थिइन् । यसमा क्रुद्ध बनेका बाइडेनले उनलाई यो प्रश्न बेवकुफीले भरिएको बताएका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेन सत्तामा आएको एक वर्ष पुरा भएको छ । यसबीचमा उनले लिएका कयौँ निर्णयमा प्रश्न उठेका छन् । गत महिना बेलायतको मार्केट रिसर्च कम्पनी यूगभले सन् २०२१ को सबैभन्दा मनपराइएका पुरुषको सूची सार्वजनिक गरिएको थियो । यस सूचीमा बाइडेन डोनाल्ड ट्रम्पभन्दा पनि तल रहेका थिए । सूचीमा ट्रम्प १३ औँ नम्बरमा रहँदा, बाइडेन २० औँ स्थानमा रहेका थिए ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप