चीनबाट फर्किएपछि प्रचण्डलाई भेट्न वर्षमान खुमलटारमा
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । चीनमा उपचार गरेर सोमबार काठमाडौँ फर्किएका नेता पुनले मंगलबार विहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । नेता पुनको साथमा पूर्वसभामुख समेत रहेका पुनकी पत्नी ओनसरी घर्ती पनि प्रचण्डको निवासमा पुगेकी थिइन् ।
चीनबाट फर्किएपछि नेता पुनले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा पार्टी महासचिवमा दाबी रहेको बताएका थिए । जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उनको भनाइ थियो ।
पुस ११ देखि १९ सम्म चलेको माओवादी केन्द्रको अधिवेशनले अध्यक्ष मात्र चयन गरेको थियो । बाँकी पदाधिकारी चयनका लागि माओवादी केन्द्रले माघ २७ गते केन्द्रीय समिति बैठक बोलाइएको छ । माओवादी केन्द्रमा अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, नेता देव गुरुङ र शक्तिबहादुर बस्नेतले महासचिवमा दाबी गरेका छन् । माओवादीमा अन्य पदाधिकारीभन्दा महासचिवमै बढी रस्साकस्सी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या