शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महँगीको प्रश्नमा भड्किए बाइडेन, पत्रकारलाई भने, ‘स्टुपिड सन अफ बिच’

मङ्गलबार, ११ माघ २०७८, ०९ : ४८
मङ्गलबार, ११ माघ २०७८

अमेरिकामा बढ्दो महँगीको प्रश्नमा राष्ट्रपति जो बाइडेन यति रिसाए कि उनले पत्रकार सम्मेलनमा प्रश्न सोध्ने पत्रकारलाई गाली गरे । बाइडेनको यो भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ । 

वास्तवमा फक्स न्युजका पत्रकार पिटर डुसीले बाइडेनलाई लगातार बढिरहेको महँगीले मध्यावधि चुनावमा उनको पार्टीलाई कति हानी हुन्छ भनेर सोधेका थिए । बाइडेनले यसको जवाफमा यसले हानी होइन, फाइदा चाहिँ हुने बताए । त्यसपछि पत्रकारलाई ‘स्टुपिड सन अफ बिच’ भने । 

बाइडेन  यसअघि पनि पत्रकारमाथि जाइलागिसकेका छन् । अघिल्लो हप्ता, फक्स न्युजकी एक महिला पत्रकारले युक्रेनको मामिलामा रुसका राष्ट्रपतिले पहिलो कदम उठाउनका लागि तपाईं किन प्रतीक्षा गरिरहनुभएको छ भनेर प्रश्न सोधेकी थिइन् । यस्तोमा बाइडेनले कस्तो मूर्खतापूर्ण प्रश्न सोधेका होला भनेर रिस पोखे । 

 थुप्रै समस्याले घेरिएका छन् बाइडेनः

अमेरिकी राष्ट्रपति जो बाइडेन सत्तामा आएको एक वर्ष पूरा भइसकेको छ । उनका विभिन्न प्रश्नमाथि निशाना लागिरहन्छन् तर अफगानिस्तानबाट सैन्य फिर्ता किन गरेको भन्दै उनलाई अहिले पनि प्रश्न सोधिँदै छ । बिहिबार यो विषयसँग जोडिएको एक प्रश्नमा बाइडेनले भने, ‘अफगानिस्तानमा कुनै पनि सरकार सफल हुन सक्दैन र उसलाई एउटा मुलुकको रुपमा एकजुट राख्न पनि नसकिने बताए ।’

ट्रम्पभन्दा कम लोकप्रिय छन् बाइडेनः

अघिल्लो महिनामात्रै बेलायतको मार्केट रिसर्च कम्पनी यूगभले सन् २०२१ को मोस्ट एडमायर्ड म्यानको एउटा सूची जारी गरेको थियो । यो सूचीमा बाइडेनलाई डोनल्ड ट्रम्पभन्दा पनि मुनी स्थान दिइयो । सूचीमा ट्रम्प १३ औँ स्थानमा थिए भने बाइडेन २० औँ स्थानमा छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप