शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तुरीको विनासहित टोखाबाट ४ जना पक्राउ

मङ्गलबार, ११ माघ २०७८, ०८ : ५१
मङ्गलबार, ११ माघ २०७८

काठमाडौंको टोखा नगरपालिका–३ स्थित विष्णुमती करिडोरबाट प्रहरीले दुर्लभ बन्यजन्तु कस्तुरीको विना सहित ४ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट घर भएका २९ वर्षीय आशिक तामाङ, धादिङ घर भएका ३५ वर्षका श्याम पाठक र ४० वर्षीय राजु थापा तथा काठमाडौं तारकेश्वर नगरपालिका घर भएका ३४ वर्षीय कृष्ण गुरागाईं छन् । 

कस्तुकरीको विना किनबेच हुन थालेको सुराक पाएपछि महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागी जिल्ला बन कार्यालय हात्तिसारमा बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप