ad
x

'ओमिक्रोनलाई अन्तिम भेरियन्ट सम्झिनु खतरनाक'

person explore access_timeमाघ ११, २०७८ chat_bubble_outline0

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले ओमिक्रोनलाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताएका छन् । संयुक्त राष्ट्रको हेल्थ एजेन्सी एक्जेक्युटिभ बोर्ड बैठकमा उनले सो कुरा बताएका हुन् । 


यद्यपि, उनले महामारीबाट बच्नका लागि व्यापकरुपमा उपायहरू अपनाए यो वर्षको अन्तिमसम्ममा यो अन्त्य पनि हुन सक्ने आशा व्यक्त गरेका छन् । उनले भविष्यमा यस्तो हालत रोक्नका लागि अहिलेको महामारीबाट पाठ सिक्न र नयाँ समाधान खोज्न जरुरी रहेको बताए । यसका लागि हामीले महामारीको अन्त्यलाई पर्खन नहुने उनको जिकिर थियो । विश्व स्वास्थ्य संगठनका प्रमुखका अनुसार पछिल्लो हप्ताको तथ्याङ्कलाई ध्यान दिने हो भने हरेक तीन सेकेण्डमा १०० जना कोरोना संक्रमित बनेका छन् भने हरेक १२ सेकेण्डमा एक जनाले ज्यान गुमाएका छन् । 



डब्लूएचओले गरिब देशमा खोपको पहुँच बढाउन अपील पनि गरेको छ । जुन २०२२ सम्म सबै देशमा कम्तिमा ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाइसक्नुपर्ने संगठनले जनाएको छ । सन् २०२१ को अन्त्यसम्ममा डब्लूएचओका १९४ सदस्य देशमध्ये धेरैले आफ्नो ४० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाइसकेका थिए । अफ्रिकामा भने ८५ प्रतिशत जनसङ्ख्याले खोपको एक मात्रा पनि पाएका छैनन् ।



 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।