शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अफ्रिका कप अफ नेसन्स : गाम्बिया र क्यामरुन क्वाटरफाइनलमा

मङ्गलबार, ११ माघ २०७८, ०६ : ४६
मङ्गलबार, ११ माघ २०७८

गाम्बिया र क्यामरुन  अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सिमित कोमोरोसलाई २-१ ले पराजित गर्‍यो ।

जीतसँगै क्यामरुनले अन्तिम आठमा गाम्बियासँगको भेट पक्का गरेको छ । गत राति नै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले पराजित गर्‍यो । गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औं मिनेटमा  निर्णायक गोल गरे । खेलमा दुबै टोली १० खेलाडीमा सिमित थिए ।  अब शनिबार हुने क्वाटरफाइनलमा यी दुई टोली भिड्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप