खुल्यो तराईबाट चीन जोड्ने ढोका
कर्णाली कोरिडोर कालिकोटको खुलालुदेखि सुरु हुन्छ । उत्तरको छिमेकी चीनसँग जोड्ने यो सडकको १२२.७५ किलोमिटर खण्ड तयार भए पनि कर्णाली नदी माथिको नहुँदा यातायातका साधन न्यून गुड्थे ।
हेलिकोप्टर र फेरीबाट तारिएका केही सीमित साधनका कारण ढुवानी पनि महँगो थियो । पुल सञ्चालनमा आएसँगै प्रदेश राजधानी सुर्खेतबाट हिँडेको गाडी कालिकोट मात्रै होइन सुदूरपश्चिमको बाजुरा हुँदै हुम्लासम्म पुग्न थालेका छन् । यसबाट कर्णाली नदी पारिका बासिन्दालाई यात्रासँगै दैनिक उपभोग्य वस्तु खरिद बिक्रीमा सहज भएको छ ।
२०७१ चैत ९ गते काम सुरु गरेको नेपाली सेनाले कालिकोट खण्डको ४० किलोमिटर, सुदूरपश्चिम प्रदेशमा पर्ने बाजुरा खण्डको ४४ किलोमिटर र हुम्ला खण्डको ३८.७५ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । अब चीन पुग्न १२ किलोमिटर सल्लीसल्लाको भीर फोड्न बाँकी छ । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप