मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रुस–युक्रेन संकट : नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो

सोमबार, १० माघ २०७८, २२ : १२
सोमबार, १० माघ २०७८

युक्रेन मुद्दाबारे रुस र पश्चिमा देशबीच जारी तनाव बढेको छ ।  सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बीबीसीले जनाएको छ। 

उता, युक्रेनमाथि रुसको हमलाको आशंकाका बीच आयरल्यान्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्ध जस्तो अवस्था उत्पन्न हुन नदिने जनाएको छ ।  युक्रेनमाथि रूसी हमलाको अवस्थामा अमेरिका र युरोपीय संघ कडा जवाफी कार्वाहीको लागि साझा कदम उठाउने सम्भावना बारे छलफल गरिरहेका छन् । 

रुसले आफ्नो छिमेकी देश युक्रेनको सीमामा करिब एक लाख सैनिक र ठूलो संख्यामा हतियार तैनाथ गरेको छ । यसलाई लिएर तनावको अवस्था बनेको छ ।  तर रुसले भने युक्रेनमाथि आक्रमण गर्ने योजनालाई अस्वीकार गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप