शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महन्थ र राजेन्द्रले अलग अलग मनाए गजेन्द्र नारायणको पुण्यतिथि

सोमबार, १० माघ २०७८, २१ : २४
सोमबार, १० माघ २०७८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल भित्रको विवाद उत्कर्षमा पुगेको छ । नेपाल सद्भावना पार्टी नेपालका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको २० औं पुण्यतिथिको अवसरमा लोसपाका अध्यक्ष अध्यक्ष महन्थ ठाकुरले आयोजना गरेको कार्यक्रममा सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो बहिष्कार गरेका हुन् ।

अध्यक्ष ठाकुरले बबरमहलस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई बहिष्कार गरि अध्यक्ष महतोले आफ्नो पार्टी सम्पर्क कार्यालयमा छुट्टै कार्यक्रमको आयोजना गरेका छन् । अनामनगरस्थित कार्की भवनमा नेता महतोको सम्पर्क कार्यालय रहेको छ । उनी पार्टी कार्यालय नगई कार्की भवनमा बसेर आफ्ना पार्टीका सम्पूर्ण गतिविधि गरिरहेका हुन्छन् ।

आन्तरिक विवादका कारण दुई नेताबीच पछिल्लाे समय बीचमा दुरी बढ्दै गइरहेको छ । यसअघि माघ ५ गते बलिदानी दिवसको अवसरमा अध्यक्ष ठाकुरले आयोजना गरेको कार्यक्रमलाई पनि नेता महतोले बहिष्कार गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप