बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको नाममा आफूखुसी कार्यालय अनुपस्थित नहुन निर्देशन

सोमबार, १० माघ २०७८, २१ : १६
सोमबार, १० माघ २०७८

मध्यपश्चिम विश्वविद्यालयले कोरोना संक्रमणको सामान्य असर देखिएका कर्मचारीहरु प्रशासनलाई जानकारी नदिइ आफूखुसी कार्यालयमा अनुपस्थित हुने प्रवृत्ति देखिएको भन्दै स्वीकृती लिएरमात्र बस्न निर्देशन जारी गरेको छ । 

विश्वविद्यालयका रजिष्ट्रार प्राडा नारायण प्रसाद पौडेलले एक सूचना जारी गर्दै कोरोनाको सामान्य असर देखिएका कर्मचारीहरु प्रशासनलाई जानकारी नदिई आफूखुसी कार्यालयमा अनुपस्थित हुने प्रवृत्ति देखिएको भन्दै त्यस्तो नगर्न सचेत गराएका छन् । 

त्यस्तो प्रवृत्ति छाडी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी आफू कार्यरत सम्बन्धित निकायको जिम्मेवारी एवं उत्तरदायित्व उच्च मनोबलका साथ सम्पादन गर्न गराउन सम्बन्धित सवैमा जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ ।

 कार्यालयमा उपस्थित हुन नसक्ने अवस्था परेमा पूर्व जानकारी सहित प्रमाण राखेर लिखित निवेदन स्वीकृत गराई मात्र विदामा बस्न र अत्यावश्यक परेका बेलामा आफ्नो निवासरआवास बाट समेत प्रशासनको नियमित सम्पर्कमा रही कार्य सम्पादन गर्न सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप