शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप ५५० जनामा कोरोना सङ्क्रमण

सोमबार, १० माघ २०७८, २० : ५७
सोमबार, १० माघ २०७८

सुदूरपश्चिम प्रदेशमा आज थप ५५० जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट  एक हजार ५४७ जनाको नमूना परीक्षण गर्दा ५५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

पिसीआरमार्फत २२४ र एन्टिजेनमार्फत ३२६ जनामा पुष्टि भएको हो । पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६७, बैतडी अस्पतालमा ३६, डडेल्धुरा अस्पातालमा २०, कमलबजार अस्पतालमा ११ र एन्टिजेनमार्फत  कञ्चनपुरका २०६, कैलालीका ५८, बाजुरामा २, दार्चुलाका १४, बझाङका १५, बैतडीका ७, डडेल्धुराका ९, डोटीका १३  र अछामका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

यस्तै गएको २४ घण्टामा प्रदेशभर ६३ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको  मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

यसअघि आइतबार यस प्रदेशमा ३८७ जनामा सङ्क्रमण पुष्टि हुँदा ४० जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१८ जनाको ज्यान गइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप