आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षमानको स्वागतमा विमानस्थल पुगे नारायणकाजी

सोमबार, १० माघ २०७८, २० : ५४
सोमबार, १० माघ २०७८

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गराएर सोमबार स्वदेश फिर्ता भएका छन् । उनको स्वागतका लागि पार्टीका नेता नारायणकाजी श्रेष्ठ विमानस्थल पुगेका थिए । यस्तै युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगयतका नेता तथा कार्यकर्ता पनि विमानस्थल पुगेका थिए । 

करिब चार महिनाको उपचारपछि पूर्ण स्वास्थ्यलाभ गरी पार्टीका पुन आज नेपाल फिर्ता भएका हुन् ।   हिमालयन एयरलाइन्सको फर्कंदै गरेको कार्गो विमानमा टिकट मिलाएर पूर्वमन्त्री पुन, उनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला फर्किएका हुन् । 

दुर्लभ बङ्गाणुगत जण्डिसको समस्याबाट पीडित पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका थिए । नेता पुनको सेनजेनमा ३९ र त्यसअघि बैंककमा ५९ दिन  उपचार गरिएको थियो  । 
विमानस्थलमा उनले बैंककबाट चीन लगेको आफूले उपचारको ७ दिनपछि मात्रै थाहा पाएको बताए । त्यतिबेला अवस्था गम्भीर भएकाले केही थाहा नपाएको र अहिले निको हुँदा खुशी प्रकट गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप