शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुबा बन्दै आदित्यनारायण

सोमबार, १० माघ २०७८, २० : ५२
सोमबार, १० माघ २०७८

गायक, अभिनेता तथा इन्डियन आइडलका प्रस्तोता आदित्य नारायण झा र अभिनेत्री श्वेता अग्रवाल आमाबुबा बन्ने भएका छन् । आदित्यले सामाजिक संजालमा एक पोष्ट गर्दै आफु बुबा बन्न लागेको जानकारी दिएका हुन् । 
आदित्यले गर्भवती पत्नी श्वेतासँग एउटा तस्बिर शेयर गरेका छन् । तस्बिरमा आदित्य सोफामा र श्वेता भुईँमा बसेकी छन् । दुवैले हात भने बेबी बम्पमा रहेको छ ।

उक्त तस्बिर शेयर गर्दै आदित्यले लेखेका छन्, ‘श्वेता र म छिट्टै घरमा नयाँ पाहुना स्वागत गर्दैछौं भन्न पाउँदा आभारी र धन्य महसुस गरिरहेका छौं ।’ ‘मेरो बुबा र आमा पनि निकै उत्साहित हुनुहुन्छ किनभने उहाँहरु पनि छिट्टै हजुर बुबाआमा बन्दै हुनुहुन्छ’ आदित्यले अगाडि थपेका छन्, ‘म छोरी मन पराउँछु । किनभने छोरी बुबाको सबैभन्दा नजिक हुने गर्दछन् ।’

आदित्य र श्वेताबीच डिसेम्बर २०२० विवाह भएको थियो । विवाह अगाडि केही वर्ष रिलेसनशिपमा रहेका यो जोडीको पहिलो भेट २०१० मा फिल्म ‘शापित’ को सेटमा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप