ad
x

चीनबाट फर्केपछि वर्षमानले भने– महासचिवमा मैले दाबी गरेकै हो

person explore access_timeमाघ १०, २०७८ chat_bubble_outline0

माओवादी नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी रहेको बताएका छन् । यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए । तथापि सहमतिमै नेतृत्व छानिने उनले आशा व्यक्त गरे ।


यस्तै नेता पुनले पार्टीको सबै तहमा समझदारीबाटै नेतृत्व चयन भएर आएको अवस्थाले आन्तरिक एकता र समझदारीमा पाएको जिम्मेवारी आफुले स्वीकार गर्ने बताए । नेता पुनले भने, ‘छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।’



जन्डिसको समस्या आएपछि गत असोजमा बैंकक र त्यसपछि चीनमा उपचार गरेर पुन सोमबार काठमाडौँ फर्किएका छन् । स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वमन्त्री पुनले आफू उपचारका क्रमका रहेका कारण महाधिवेशनमा भाग लिन नपाएको बताउँदै महाधिवेशनबाट पारित नीति र कार्यक्रमप्रति आफ्नो समर्थन रहेको प्रतिबद्धतासमेत जनाए ।



केन्द्रीय कमिटी र पार्टी अध्यक्षसमेत सहमतिमै छानिएकाले अब पदाधिकारीहरु पनि सहमतिमै छानिनुपर्ने उनले बताए । जनवादी ढङ्गबाट प्रतिस्पर्धा भएमा आफूले महासचिवमा प्रतिस्पर्धा गर्ने उनले बताए । तर, सकेसम्म सहमतिबाटै महासचिव छानिने उनले बताए ।



आफ्नो उपचारमा पार्टीले सहयोग गरेको भन्दै उनले धन्यवाद दिए । बैंककबाट चीनमा उपचार गर्न लगेको आफूले चीनकै अस्पतालमा पुगेपछि बल्ल थाहा पाएको बताउँदै उनले पुनर्जीवन पाएको बताए । पछिल्लो राजनीतिक घटनाबारे आफू अपडेट हुन बाँकी रहेको बताउँदै माओवादी नेता पुनले गठबन्धन सरकार संविधानको रक्षाका लागि स्थापित भएको बताए । 



क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ बङ्गाणुगत जण्डिसको समस्या झेलेका पुनले चीन सेनजेनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएर फर्किएका हुन् । नेता पुनको सेनजेनमा ३९ र बैंककमा ५९ दिन उपचार गरिएको थियो । यसअघि उनको ललितपुरस्थित सुमेरू अस्पतालमा उपचार गरिएको थियो ।







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।