आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

इलाममा मोटरसाइकल दुर्घटना, एक किशोरको मृत्यु

सोमबार, १० माघ २०७८, २० : २७
सोमबार, १० माघ २०७८

इलामको माई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । दुर्घटनामा परी झापाको मेचीनगर–८ आयाबारीका १८ वर्षीय अनुप श्रेष्ठको मृत्यु भएको हो ।

आज अपराह्न साढे २ बजे झापाबाट इलाम माई नगरपालिकाको चिलिमकोट बगान पिकनिक जाने क्रममा दुर्घटनामा परेका श्रेष्ठलाई उपचारका लागि झापा बी एन्ड सी अस्पताल लगिएको थियो । 

माई अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बी एन्ड सी अस्पताल पठाइएको श्रेष्ठलाई साढे ४ बजे चिकित्सकले मृत्यु घोषणा गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख गङ्गाबहादुर थापाका अनुसार मे १० प ६८४३ नंको मोटरसाइकल अनियन्त्रित हुँदा श्रेष्ठ सडकभन्दा करिब २० मिटर तल झरेका थिए । आफैँ मोटरसाइकल चलाएका श्रेष्ठको टाउको र शरीरमा चोट लागेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप