आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा करेन्ट लागेर वृद्धको मृत्यु

सोमबार, १० माघ २०७८, २० : २१
सोमबार, १० माघ २०७८

तनहुँको ऋषिङ गाउँपालिका–८ मा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय दलबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अजम्बरी वनमा रहेको विद्युत्को पोलमा छुँदा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

बिहान घाँस काट्नका लागि वनमा गएका रानाले विद्युत् सर्ट भएको पोलमा छुँदा घटना घटेको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का घटनास्थल पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप