बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर समूहको निष्कर्ष : चुनाव वैशाखमै हुनुपर्छ, देउवा एकलौटी रुपमा अघि बढ्न खोजे

सोमबार, १० माघ २०७८, १८ : ५६
सोमबार, १० माघ २०७८

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि पोखेको छ । सो समूहले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने पनि बताएको छ । सोमबार बसेको शेखर पक्षको भर्चुअल बैठकले निर्वाचनको मितिका विषयमा देउवाले पार्टीमा कुनै छलफल नगरेको भन्दै नेताहरुले आक्रोश पोखेका थिए ।  

भर्चुअल बैठकमा राष्ट्रिय राजनीतिमा काँग्रेसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल गर्नुपर्ने आवाज उठेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिए  । 

'निर्वाचन जस्तो विषयमा सभापतिले पार्टीमा छलफल गर्नुपर्छ । तर यहाँ त पार्टीमा छलफल नै नगरि गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ, ' उनले भने । कोइराला पक्षको बैठकमा तीनै तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल भएको बताइएको छ । 

गठबन्धनको आवश्यकता यसअघि प्रतिगमन विरुद्धमा रहेपनि नयाँ जनादेशमा जानका लागि नभएकोबारे छलफल भएको नेताहरुले बताएका छन् । बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायतका नेताको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप