शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चारदिनपछि आमा र शिशुको शव आफन्तले बुझे

सोमबार, १० माघ २०७८, १८ : ५२
सोमबार, १० माघ २०७८


हुम्ला अस्पतालको प्रसूति गृहमा शल्यक्रिया गरिएकी महिला र नवजात शिशुको शव चार दिनपछि आफन्तले बुझेका छन् । शव वुझेसँगै आजै हिन्दू परम्परा अनुसार अन्त्यष्टि गरिएको छ ।

सिमकोट गाउँपालिका वडा नम्बर पाँचकी सलिना कामीको शल्याक्रिया पछि मृत्यु भएको थियो भने शल्यक्रिया गरेको दिन नवजात शिशुको मृत्यु भएको थियो ।

माइती पक्षले छोरीको मृत्यु भएको विषयमा बुझेरमात्र शव उठाउन दिने भनेपछि चार दिनसम्म शव उठेको थिएन ।

माइतीपक्ष सँग कुरा मिललेपछि आज कामीको शव आफन्तले बुझेर अन्त्यष्टि गरेका हुन् । हुम्लामा अस्पतालको प्रसूति गृहमा शल्यक्रियापछि बच्चा जन्माएकी सुत्केरीको पहिलो पटक मृत्यु भएको हो ।

हिमपातका कारण जुम्लाबाट मृतकका बाबु हुम्ला आउन नसक्ने भएकाले छोरीको शव उठाए फरक नपर्ने र माइती पक्षबाट कुनै किसिमको बाधा अड्चन नहुने भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामार्फत मन्जुरीनामा पठाएकाले पोष्टमाटम गरेर  शव आफन्तले उठाएका हुन् ।

जुम्लाको नच्दनाथ नगरपालिका–८ कोटीला माइत भएकी र्नकफ एक वर्ष अगाडि हुम्लामा विवाह भएको थियो । बच्चा जन्माउने क्रममा उनको निधन भएपछि माइती पक्षले घटनाबारे नबुझी शव उठाउन नदिने बताएपछि समस्या भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप