शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाको सङ्गठनात्मक संरचनाबारे सचिव शर्माद्वारा जानकारी

सोमबार, १० माघ २०७८, १८ : १६
सोमबार, १० माघ २०७८

रक्षा मन्त्रालयका नवनियुक्त सचिव किरणराज शर्मालाई नेपाली सेनाको सङ्गठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्यलगायतका विषयमा औपचारिकरुपमा जानकारी गराइएको छ ।

उनको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामामा  आयोजित कार्यक्रमा मुलुकको  वर्तमान वस्तुस्थिति लगायतका विषयमा प्रस्तुतिकरणमार्फत जानकारी गराइएको हो ।
   
कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतलगायत रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधि सहभागी रहको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसअघि प्रधानसेनापति प्रभुराम शर्मासँग उनले भेट गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप