शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांगीतिक कार्यक्रमसहित तारादेवीको सम्झना

सोमबार, १० माघ २०७८, १८ : ११
सोमबार, १० माघ २०७८

स्वर किन्नरी गायिका तारादेवीको १६ औं पुण्य स्मृतिको अवसर पारेर राजधानीमा ‘सम्झनामा तारा देवी’ नामक एक सांगीतिक कार्यक्रम आयोजना गरियो । तारादेवी स्मृति फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा करिब आधा दर्जन गायक गायिकाले उनका लोकप्रिय गीत गाएका थिए ।

अष्टनारायण पिक्चर सिनेमा हल बालाजुमा भौतिक दुरी कायम गरेर आयोजना गरिएको कार्यक्रममा गायिका गीता पाण्डेले राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द तथा नातिकाजीको संगीत रहेको ‘फूलको थुँगा...’ गीत प्रस्तुत गरेकी थिइन् । उक्त गीतमा स्वर किन्नरी तारादेवीको बायोपिक बनाएर आस्था कला केन्द्र कलाकारले प्रस्तुत गरेका थिए ।

यस्तै कार्यक्रममा गायिका प्राश्ना शाक्यले चाँदनी शाहको शब्द तथा नातिकाजीको संगीत रहेको ‘उकाली ओरालीहरूमा’, गायिका  जीना रसाईलीले ‘आमा भएर बाची हेर’ गाएर सांगीतिक माहोल तताएका थिए ।

कार्यक्रममा गायक समेत रहेका सांसद रामवीर मानन्धरले गायिका गीता पाण्डेसँग ‘मुस्कानका लहरहरु’, गायिका प्राश्ना शाक्यसँग ‘तिम्रो नाम अझै छ ओठमा’ युगल गीत प्रस्तुत गरेर कार्यक्रमस्थल तारादेवीमय बनाएका थिए । 

कार्यक्रममा गायिका सरस्वती मानन्धर, लजना मानन्धर, रेकिषा केसी, पुष्पा नेपाली साथै गायक सुरेश मानन्धर, धर्मरत्न मानन्धर, किशोर बिश्वकर्मा लगायतको  समेत प्रस्तुतिले दर्शक रमाएका थिए ।  काठमाडाैं महानगरपालिकाको नगरप्रमुख विद्यासुन्दर शाक्य समेत सहभागी कार्यक्रममा गीत संगीतका कार्यक्रममा सधै महानगरपालिकाले सहयोग र सहकार्य गर्ने बताए ।

फाउण्डेशनका अध्यक्ष दीपक केसीले काठमाडौँ महानगरपालिकसँग मिलेर आगामी वर्ष फाउण्डेसनलाई घर बनाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप