प्रहरीकै मोटरसाइकल लिएर फरार कैदी पक्राउ

दाङको घोराही कारागारबाट भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले कारागारबाट भागेका कर्तव्य ज्यान मुद्धामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरीले कार्यालय दाङले परियारलाई सोमबार पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हो ।
कारागारबाट उपचारको बहानामा पुस ८ गते त्यहाँबाट निकालिएको बेला प्रहरीकै मिलेमतोमा भगाएको दाङ प्रहरीको निष्कर्ष थियो । उनी प्रहरीकै मोटरसाइकल लिएर भागेका थिए । लामो समयदेखि सिआइबीको टोली पनि परियारको खोजीमा लागेको थियो। सोही आधारमा उनी बस्ने ठाउँको एकीन गरेपछि दुई दिन अगाडि डिएसपी मुकुन्दप्रसाद रिजाल पक्राउ गर्न भारत पुगेको जनाइएको छ ।
यसअघि नै कारागारका नाइके भागेको प्रकरणमा कारागारका जेलर युवराज परियारलाई जिल्ला प्रशासन कार्यालयमा र सुरक्षा प्रमुख, प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेनठकुरी सहित सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत