बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

आईसीसी अवार्डमा पाकिस्तानको दबदबा, शाहीन बने वर्षको उत्कृष्ट खेलाडी

सोमबार, १० माघ २०७८, १७ : ३७
सोमबार, १० माघ २०७८

हरेक वर्ष आईसीसीले सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पुरस्कारबाट सम्मानित गर्दछ । सोमबार आईसीसीले सन् २०२१ को उत्कृष्ट खेलाडीहरूको नामको घोषणा गरेको छ । यसपटक आईसीसी अवार्डमा पाकिस्तानी खेलाडीहरूको दबदबा देखिएको छ । भारतबाट स्मृति मन्धानाले मात्र आईसीसीको वर्षको उत्कृष्ट महिला क्रिकेटरको अवार्ड हात पारिन् ।

पाकिस्तानका कप्तान बाबर आजम वर्षको सर्वोत्कृष्ट एकदिवसीय खेलाडी बने भने तीव्र गतिका बलर शाहीन अफ्रिदी पुरुष वर्ष खेलाडी चुनिए । टी-२० को वर्षको उत्कृष्ट खेलाडी यसअघि नै पाकिस्तानकै मोहम्मद रिजवान घोषित भइसकेका छन् ।

शाहीन अफ्रिदीले सबैभन्दा कम उमेरमा वर्षको उत्कृष्ट पुरुष क्रिकेट खेलाडीको उपाधि जित्न सफल भएका हुन् । शाहीनले सन् २०२१ मा ३६ अन्तर्राष्ट्रिय खेलहरूमा २२.२० को औसतले ७८ विकेट लिन सफल भए । ५१ रन खर्चेर ६ विकेट लिनु उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन रह्यो ।

बाबर आजमले सन् २०२१ मा ६ खेलमा दुई शतकको मद्दतले ४०५ रन बनाए । यस दौरान उनको औसत ६७.५ रहेको थियो । उता इंग्ल्याण्डका कप्तान जो रुट वर्षको उत्कृष्ट टेस्ट खेलाडी चुनिए । रुटले सन् २०२१ मा कूल १५ टेस्टमा ६ शतकको मद्दतले १ हजार ७०८ रन बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप