मधेसी संस्कृति बोकेको पूर्वदेखि पश्चिमसम्मको सम्पूर्ण भू–भाग मधेस हो : अध्यक्ष ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले प्रदेशको नामकरण मधेस भएपछि खुसी व्यक्त गरेका छन् । सोमबार जनकपुरधाममा लोसपाले आयोजना गरेको अगुवा नेता कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष ठाकुरले मधेस नामकरणबाट इतिहास रचेको बताएका हुन् ।
उनले मधेस ८ वटा जिल्लामा सीमित नभएको समेत बताए । उनले भने, ‘ मधेसी संस्कृति बोकेका पूर्वदेखि पश्चिमसम्मको सम्पूर्ण भू–भाग मधेस हो ।’ उनले अघि थप्दै भने, ‘मधेस ८ जिल्लामा मात्रै सीमित रहेको भनेर बुझ्नु हुँदैन, ‘पूर्वदेखि पश्चिमसम्म मधेसी संस्कृति र जीवन पद्धति बोकेको सबै क्षेत्र मधेस हो । तर एक राज्यको रूपमा तपाईंहरूले मान्यता प्राप्त गर्नुभएको हो ।’
उनले राष्ट्रका लागि भाषा र संस्कृति मात्र पर्याप्त नभएर आफ्नो राज्य पनि जरूरी रहेको बताए । मधेस राज्य प्राप्त भएपनि स्वायत्तताको संघर्ष जारी नै रहेको उनले बताए । अहिले पनि सबै अधिकार केन्द्रसँगै रहेकाले स्वायत्तता प्राप्तिका लागि संघर्ष आवश्यक रहेको बताए । उनले, ‘स्वायत्त मधेस प्रदेश बनाउने सरकारसँग भएको हाम्रो सम्झौता अझै पूरा भएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण