मोरिससको टोली नेपाल आइपुग्यो, नेपालसँग दुई मैत्रीपूर्ण खेल

आयोजक नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिसस टोली काठमाडौं आईपुगेको छ । पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको हो । हाल फिफा बरियताको १ सय ७२ औं स्थानमा रहेको मोरिसस टिमले नेपालसँग सुखद नतिजाका लक्ष्य लिएर आएको बताएको छ । यद्यपि कोरोना र चोटका कारण मुख्य खेलाडीविना नै मोरिसस नेपाल आएको हो । पहिलो पटक नेपाल आएको र माल्दिभ्ससँग नेपालको खेल हेरेर आफ्नो रणनीति बनाएको मोरिससका मुख्य प्रशिक्षक माइरी पास्कल टोनी फ्रान्कोइसले बताए ।
नेपालसँग हुने खेल मोरिससले मार्चमा हुने अफ्रिकन कप अफ नेशनन्सको छनोटको तयारीका रुपमा लिएको छ । घरेलु टोलीसँग खेल्न सहज नहुने भन्दै राम्रो फुटबल खेलेर स्वदेश फर्किने लक्ष्य रहेको प्रशिक्षकले बताए ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १५ र १८ गते हुँदैछ । नेपाल आईपुगेको टोलीको कोरोना परिक्षणपश्चात् मात्र अभ्यास गर्न अनुमति दिने एन्फाको तयारी रहेको छ । कोभिड मापदण्ड अन्र्तगत मोरिसस टोली खेल भन्दा पाँच दिन अगाडि नै काठमाडौं आईपुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव
-
अपडेट : आईपीएल एक साताका लागि स्थगित
-
भारतमा घट्दा पाकिस्तानमा बढ्यो सेयर बजार
-
बागमती प्रदेश निर्माण व्यवसायी महासङ्घद्वारा १० बुँदे मागपत्रसहित मुख्यमन्त्री कार्यालयमा निवेदन
-
सागर एक्लैले पाँच विकेट लिएपछि पुलिस स्कुलले सजिलै हरायो रत्नराज्यलाई
-
नेपालमा नोबेल ब्रान्डको लन्च