अपहरणमा परेका राइडर अफलाइन थिए : पठाओ
पठाओ नेपालले अपहरणमा परेका राइडर राइडमा हुँदा अपहरणमा नपरेको बताएको छ । पठाओले एक विज्ञप्ति जारी गर्दै अपहरणमा परेका राइडर अनलाइन राइडमा नभएको बताएको हो ।
विज्ञप्तिमार्फत कम्पनीले भनेको छ, ‘पठाओ अनलाइन सेयर राइडिङ प्लेटफर्म हो । यो सेवा लिन र दिन अनलाइनमार्फत बुकिङ गर्न आवश्यक छ । सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडरको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण उपलब्ध हुन्छ ।’
तर, शनिबार अपहरणमा परेका राइडर अनलाइन राइडमा नरहेको पाइएको कम्पनीले बताएको छ । यस्तो राइड सुरक्षित नहुने भएकाले अफलाइन राइड लिने र दिने काम नगर्न कम्पनीले बारम्बार सुझाउँदै आएको छ ।
पठाओ राइडरले उक्त दिन सामाखुसीदेखि कोटेश्वरसम्म अन्तिम राइड लिएको कम्पनीले बताएको छ । रातको ११ बजेर १८ मिनेटमा लिएको राइड कोटेश्वर पुग्दा ११ बजेर ३३ मिनेट बजेको थियो । त्यसपछि अपहरणमा पर्ने राइडरले कुनै पनि राइड नलिएको कम्पनीले विज्ञप्तिमार्फत उल्लेख गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण