अपहरणमा परेका राइडर अफलाइन थिए : पठाओ

पठाओ नेपालले अपहरणमा परेका राइडर राइडमा हुँदा अपहरणमा नपरेको बताएको छ । पठाओले एक विज्ञप्ति जारी गर्दै अपहरणमा परेका राइडर अनलाइन राइडमा नभएको बताएको हो ।
विज्ञप्तिमार्फत कम्पनीले भनेको छ, ‘पठाओ अनलाइन सेयर राइडिङ प्लेटफर्म हो । यो सेवा लिन र दिन अनलाइनमार्फत बुकिङ गर्न आवश्यक छ । सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडरको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण उपलब्ध हुन्छ ।’
तर, शनिबार अपहरणमा परेका राइडर अनलाइन राइडमा नरहेको पाइएको कम्पनीले बताएको छ । यस्तो राइड सुरक्षित नहुने भएकाले अफलाइन राइड लिने र दिने काम नगर्न कम्पनीले बारम्बार सुझाउँदै आएको छ ।
पठाओ राइडरले उक्त दिन सामाखुसीदेखि कोटेश्वरसम्म अन्तिम राइड लिएको कम्पनीले बताएको छ । रातको ११ बजेर १८ मिनेटमा लिएको राइड कोटेश्वर पुग्दा ११ बजेर ३३ मिनेट बजेको थियो । त्यसपछि अपहरणमा पर्ने राइडरले कुनै पनि राइड नलिएको कम्पनीले विज्ञप्तिमार्फत उल्लेख गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
त्रिशुली नदीमा डुबेर दुई बालिका बेपत्ता