कानुन संशोधन गरेर सरकारले निर्वाचनको मिति तोक्छ : उपसभापति खड्का

सत्तारुढ नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानसँग बाझिएका कानुन संशोधन गरेर मात्र सरकारले चुनाव निर्वाचनको मिति तोक्ने बताएका छन् । संविधान र कानुन बाझिएका कारण निर्वाचनको मिति तोक्न सरकारलाई समस्या परेको भन्दै उनले यसबारे आवश्यक गृहकार्य भइरहेको रातोपाटीलाई बताए ।
‘संविधानसँग बाझिएका कानुन संशोधन गर्न सरकारलाई सुझाव दिइएको छ,’ आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा सहभागी खड्काले भने, ‘सरकारले यसलाई संशोधन गर्छ । त्यसका आधारमा चुनावबारे छलफल गरेर मिति दिन्छ ।’
निर्वाचन आयोगले विद्यमान कानुनअनुसार स्थानीय तह निर्वाचनको मिति सिफारिस गरेपनि संविधान र कानुन बाझिँदा संशोधनको आवश्यकता देखिएको उनको भनाइ छ । ‘निर्वाचन आयोगले विद्यमान कानुनअनुसार १२० दिनको समय मागेर निर्वाचनको मिति सिफारिस गरेको हो । तर सरकारले छलफल गर्दै जाँदा संविधान र कानुन बाझिएको प्रस्ट रुपमा देखियो ।’
कानुनविदहरुबाट संविधानसँग बाझिएको कानुनलाई संशोधन गरेर चुनावबारे सरकारलाई निर्णयमा पुग्न सुझाव आएको उनले बताए । ‘त्यही अनुसार अब सरकारले आफ्नो काम अगाडि बढाउला । हामी संविधान अनुसार तीन तहको निर्वाचन गर्ने पक्षमा छौं । यसमा आशंका मान्नुपर्ने कुनै कारण छैन ,’ उनले भने ।
उनका अनुसार संविधानको धारा २२५ मा गाउँ र नगरसभाको कार्यकाल ५ वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिएको छ । संविधानको धारा २२५ र ऐनको दफा ३ बाझिएकाले कानुन संशोधन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीले देशभर कार्यक्रम गरेर पार्टी स्थापना दिवस मनाउने
-
बजेट अधिवेशनमा शिक्षकको माग टुङ्ग्याउन सम्भव छैन : सभामुख
-
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
-
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
-
जमुनाह नाकामा कडाइ
-
एभरेष्ट अस्पताललाई काठमाडौँ महानगरले तिरायो ५० हजार जरिवाना