शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा पहिलोपटक सर्वोच्च अदालतको न्यायाधीशमा महिला

सोमबार, १० माघ २०७८, १४ : २१
सोमबार, १० माघ २०७८

पाकिस्तानमा पहिलो पटकमा सर्वोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च अदालतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन् । 

बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधान न्यायाधीश गुल्झर अहमेदले सोमबार नै मलिकलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।  

मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण थिएन । किनकी उनको प्रमोसनमा देशभरका वकिलहरूले विरोध गरेका थिए । वरिष्ठताका हिसावले उनी लाहोर उच्च न्यायालयको चौथो वरियतामा थिइन् । मलिकको नियुक्तिको विरोधमा पाकिस्तान वार काउन्सिलले पनि आन्दोलन घोषणा गरेको थियो । 

सर्वोच्चका १७ न्यायाधीशमध्ये अगस्टमा एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप