शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिसो मौसममा तपाईंको औंला सुन्निन्छन् ? यी घरेलु तरिकाले छुटकारा दिनेछन्

सोमबार, १० माघ २०७८, १३ : ४९
सोमबार, १० माघ २०७८

चिसो मौसम धेरैलाई मनपर्छ । तर केही मानिसका लागि यो मौसमले धेरै नै समस्या निम्त्याउने गर्छ । चिसो मौसममा केही मानिसको हात र खुट्टा सुन्निने गर्छ । चिसो धेरै बढ्दा यो समस्या थप बढ्न थाल्छ । वास्तवमा चिसो मौसमको प्रभावले शरीरका केही नसा खुम्चिने गर्छ । यसको असर रक्तसञ्चारमा पनि पर्ने गर्छ । यसैकारण हात–खुट्टाका औंला सुन्निन थाल्छ । सुन्निएका कारण कतिपटक त औंला असाध्यै चिलाउने र असहनीय पीडा पनि हुनेगर्छ । यस्तोमा तपाईं केही घरेलु उपाय अपनाएर यो समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ । यो समस्यालाई कम गर्ने केही घरेलु उपायबारे जानकारी लिऔँ । 

चिसोमा औंला सुन्निन कम गर्ने उपायः

नुन पानीः

नुन पानीको प्रयोग गरेर औंला सुन्निने समस्या कम गर्न सकिन्छ । यसका लागि तातो पानीमा नुन मिसाउनुहोस् र हात खुट्टालाई मनतातो पानीमा १० मिनेटसम्म डुबाएर राख्नुहोस् । नुनले संक्रमणलाई हटाउन मद्दत गर्छ सुन्निन पनि कम गर्छ । 

तोरीको तेलः

औंला सुन्निनबाट रोक्नका लागि तोरीको तेललाई मनतातो पारेर तताउनुहोस् र त्यसमा मालिस गर्नुहोस् । यसले हात खुट्टाका औँला सुन्निन कम हुन्छ । 

घ्युकुमारीः

हात–खुट्टाको औंला सुन्निबाट रोक्नका लागि घ्युकुमारीले पनि असाध्यै सहयोग गर्न सक्छ । घ्युकुमारीमा एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेटरी गुण पाइन्छ जसले सुन्निन कम गराउँछ । 

बेसार र महः

मह र बेसार दुबैमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ । यसले सुन्निने समस्या कम हुन्छ । काँचो बेसारलाई पिसेर मह मिसाउनुहोस र औंलामा लगाउनुहोस् । यसले दुखाई र सुन्निन कम गराउँछ । 

कपुर र नरिवल तेलः

कपुरमा नरिवल तेल मिसाएर सुन्निएको औंलामा लगाउँदा सुन्निन कम हुन्छ । साथै यो लगाउँदा दुखाईमा पनि राहत मिल्छ । 

हात–खुट्टा सेकाउनुहोस्ः

यो समस्याबाट बच्नका लागि राती दैनिक हात खुट्टाका औंलालाई आगोमा सेक्नुहोस् र खुट्टामा मोजा र हातमा पञ्जा लगाएर सुत्नुहोस् । यसो गर्दा तपाईंलाई निकै फाइदा मिल्नेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप