‘खल्ती’बाट ज्योती लाइफको भुक्तानी गर्दा एक हजार क्यासब्याक

अनलाइन भुक्तानी सेवा खल्तीले ज्योती लाइफ इन्स्योरेन्सबाट भुक्तानी गर्दा प्रयोगकर्ताहरुले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाउने अफर ल्याएको छ । साथै, पाँच हजार रुपैयाँसम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड प्रयोग गरी एकसय रुपैयाँको क्यासब्याक समेत प्राप्त गर्न सक्नेछन् । कोरोना महामारीको समयमा डिजिटल भुक्तानीले सहज र सुरक्षित गरेको खल्तीले जनाएको छ ।
यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अभिकृत विनय खड्काले भने,‘प्रविधि र विकासको परिवर्तनसँगै डिजिटालाइजेसनको आवश्यकता द्रुत रुपमा बढिरहेको छ । धेरै बिमा ग्राहकहरुले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउछन् । डिजिटल कारोबारलाई अझ प्रोत्साहन गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्धेश्यले यो अफर ल्याइएको बताए ।’
पाँच हजार रुपैयाँ माथिको नविकरणक बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो खल्ती केवाइसी प्रमाणीकरण गराएको हुनुपर्छ । खल्ती खाता नभएको अवस्थामा दाखिला गरि नेपालभरी फैलिएको खल्तीको सेवा केन्द्रबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?