मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

६ महिनामा दुई अर्बको प्याज आयात

सोमबार, १० माघ २०७८, १३ : २३
सोमबार, १० माघ २०७८

चालू आर्थिक वर्ष २०७८-७९ को ६ महिनामा भारतबाट करिब दुई अर्बको प्याज आयात भएको छ । यो वर्षको साउनदेखि पुससम्ममा भारतबाट उक्त मूल्यको प्याज भित्रिएको भन्सार विभागले जानकारी दिएको छ ।

यस अवधिमा भारतबाट ८ करोड २ लाख ८२ हजार किलो प्याज आयात भएको हो । यसबापत आयातकर्ताले २६ करोड ६२ लाख रुपैयाँ भन्सार राजश्व संकलन भएको छ ।

हरेक वर्ष नेपालले भारतबाट अर्बौ रुपैयाँको खाद्यान्न आयात गर्दै आइरहेको छ । प्याजसहित लसुन, अदुवा, आलु, गोलभेँडा लगायतका दैनिक उपभोग्य वस्तु समेत ठूलो परिमाणमा भारतबाट भित्रिँदै आएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप