शोएब अख्तरले भने, ‘म विराटको ठाउँमा भएको भए कहिल्यै विवाह गर्ने थिइनँ’
विराट कोहली क्रिकेटको कप्तानीबाट हटेको र बोर्ड र उनीबीचको सम्बन्धमाथि प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्व क्रिकेट खिलाडी शोएब अख्तरले विराट कोहलीमाथि निश्चित रुपमा प्रदर्शनको दबाब भएको बताएका छन् ।
विराट कोहली र चयन समितिको निर्णयमाथि आफ्नो प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्व बलर शोएब अख्तरले उनले १२० सेन्चुरी बनाएपछि मात्रै उनले विवाह गरुन् भन्ने मेरो चाहना थियो ।
उनले थपे, ‘यदि म भारतमा भएको भए र मेरो स्टेटस पनि विराट कोहलीको जस्तै भएको भए म कहिले पनि विवाह गर्ने थिइनँ ।’
उनले थपे, ‘म आफ्नो जिम्मेवारीलाई कहिल्यै बढाउने थिइनँ ।’
यद्यपि, उनले विवाह गर्नु विराटको आफ्नो नीजि फैसला भएको पनि बताए ।
विराट कोहलीले केही दिन अघि टेस्ट टिमको कप्तानी छोड्ने निर्णय गरेका थिए ।
विराट कोहलीको यो घोषणाको लगभग एक महिना अघि भारतीय क्रिकेट बोर्डले दक्षिण अफ्रिकाविरुद्ध वनडे सिरिज अघि विराट कोहलीलाई वान–डेको कप्तानीबाट हटाएको थियो ।
यसअघि टी–१० विश्व कपपछि उनले टी–२० फर्मेटको कप्तानी छोड्ने निर्णय गरेका थिए ।
यसैबीच उनको र बार्डबीच गतिरोध र सबैकुरा ठिक नभएको खबर पनि लगातार आइरहन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण