मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुरानो बसपार्कमा फरक क्षमता भएकालाई सवारी चढ्ने र ओर्लने सुविधा

सोमबार, १० माघ २०७८, १२ : ३२
सोमबार, १० माघ २०७८

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारीसाधनमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशीको निर्देशनअनुसार सोमबारदेखि सो व्यवस्था सुरू गरिएको हो । महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ । 

‘फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जानेछौँ,’ एसएसपी जोशीले भने । ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुवर्गहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एन्ड ड्रप गर्न पनि अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप