मेरो अभिव्यक्ति कसैप्रति लक्षित छैनः मन्त्री यादव
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नरहेको दाबी गरेकी छिन् । माघ ५ गते रौतहटमा आयोजित कार्यक्रममा आफूले दिएको मन्तव्यलाई पूर्वाग्रहपूर्ण ढङ्गले आ–आफ्नो तारिकाले अपव्याख्या गर्ने काम भएको उनको जिकिर छ ।
‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेट नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरूद्वारा कसै–कसैले पूर्वाग्रहपूर्ण ढङ्गले आ–आफ्नो तारिकाले अपव्याख्या गरेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त समेत गरेकी छन् । सीके राउतको हत्या गर्ने धम्की दिएको भन्दै उनको राजीनामा माग भइरहेको सन्दर्भमा यादवले यस्तो बताएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण