सिटामोलको कृत्रिम अभाव कायम गर्नु दुःखद्ः जनस्वास्थ्य विद्यार्थी संघ
नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोरोना महामारीको समयमा सिटामोल जस्तो अति संवेदनशील विषयको कृत्रिम अभाव कायम गर्नु दुःखद् भएको जनाएको छ। कोभिड–१९ संक्रमण दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव रहेको छ। तर यस्तो समयमा समयमा सरकार त्यसको नियन्त्रणमा लाग्नुपर्नेमा जनताले सिटामोलसम्म पाउन नसक्ने अवस्थाको सिर्जना हुनु दुखद रहेको संघका महासचिव अमृत बिष्ट र अध्यक्ष सुमित बोहराद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।
‘स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागले बजारमा सिटामोलको अभाव नभएको जिकिर गरिरहेको छ। हामी प्रश्न गर्न चाहन्छौं, सिटामोलको अभाव कुन बजारमा छैन?’, विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले समायोजन गरेको पिसिआर परीक्षण शुल्क सरकारी अस्पतालहरूले समेत कार्यान्वयन नगरेको संघका महासचिव अमृत बिष्टले बताए। सरकारी निर्देशनको पालना नगर्ने अस्पताललाई कारबाही गर्न संघको माग छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की