आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भारतमा ४ बालबालिकासहित १६ बिरामीमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

सोमबार, १० माघ २०७८, ११ : ५१
सोमबार, १० माघ २०७८

संसारभरी कहर निम्त्याइरहेको ओमिक्रोनका बीच भाइरसको अर्को नयाँ भेरियन्टको खतरा देखिएको छ । यो भेरियन्टलाई बीए–२ नाम दिइएको छ । भारतको मध्य प्रदेशको इन्दौरमा ओमिक्रोनको सब भेरियन्ट बीए–२ फेला परेको छ । ओमिक्रोनको नयाँ भेरियन्टद्वारा शहरमा १६ जना संक्रमित भेटिएका छन् । यीमध्ये ६ बालबालिका छन् । भारतभरीका ५३० स्याम्पललाई अनुसन्धानका लागि पठाइएको छ । 

बेलायत, अष्ट्रेलिया र डेनमार्कमा पनि यसका संक्रमित भेटिएका छन् । यो भेरियन्ट ओमिक्रोन जस्तै तीब्र रुपमा फैलिन्छ । यस्तोमा यसको पहिचान नहुँदा यसको संक्रमण रोक्न निकै ठूलो चुनौती हो । चिन्ताको विषय यो हो कि यो टेस्ट किटमा पनि देखिँदैन । त्यसैले यसलाई ‘स्टेल्थ’ अर्थात् अर्थात् लुकेको भर्सन बताइँदैछ । बेलायत, स्विडेन र सिंगापुरमध्ये हरेक देशले सयभन्दा बढी स्याम्पल अनुसन्धानको लागि पठाएको  छ । 

स्टेल्थ भर्सन को हो, कहिले भेटियो ?

यो भर्सनको पहिलो संक्रमित कहाँ भेटियो स्पष्ट छैन । बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार बेलायतमा पहिलो पटक ६ डिसेम्बर सन् २०२१ मा स्टेल्थ भर्सनबारे पत्ता लागेको थियो । त्यहाँ यसका ४२६ संक्रमित भेटिएका थिए । यो अन्य भेरियन्टको तुलनामा तीब्र रुपमा फैलिन्छ । यसलाई बेलायतमा अन्डर इन्भेस्टिगेसन श्रेणीमा राखिएको छ । 
लक्षण के हो ?

कोरोनाको नयाँ भेरियन्ट बीए–२ को लक्षण आमिक्रोनजस्तै छ । 

कति देशमा फैलिसकेको छ ?

कोरोनाको नयाँ भेरियन्टको पहिचानका लागि अघिल्लो वर्ष १७ नोभेम्बरदेखि ‘ग्लोबल इनिशियटिभ अन शेयरिङ अल इन्फ्लुएन्जा’ अन्तर्गत विभिन्न देशमार्फत् डाटा जुटाइँदै छ । हालसम्म करिब ४० देशले आफ्नो डाटा पठाइसकेको छ । 

यो भर्सन कति खतरनाकः

कोरोनाका विभिन्न भेरियन्टमाथि अनुसन्धान गरिरहेको युनिभर्सिटी अफ जेनेभाका निर्देशक फ्लेहल्टका अनुसार यसको नाम सुनेर डराउनुपर्ने स्थिति छैन तर सतर्कता भने अपनाउनुपर्छ । नयाँ भर्सन बीए–२ ओमिक्रोनजस्तै संक्रामक छ तर यो कति खतरनाक छ भन्नेबारे कुनै जानकारी छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप