बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मनोज गजुरेललाई कोरोना संक्रमण

सोमबार, १० माघ २०७८, ११ : १५
सोमबार, १० माघ २०७८

चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । गजुरेलले आफुलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन् : ‘पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिनेचाहि हैन, तर थलाचाहि राम्रैसँग पार्दोरहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन ।’

उनले कोरोनाको तेश्रो भेरियन्ट ओमिक्रोनबाट होम आइसोलेसनमा बसेका र आइसीयुमा पुगेका सबैको स्वास्थ्य लाभको कामना गरेका छन् ।

गजुरेललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो । उनी केही समय अस्पताल बसेर डिस्चार्ज भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप