बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बानेश्वरको आइप्लेक्स मल अगाडि नक्सा पास नगरी टहरा निर्माण

सोमबार, १० माघ २०७८, १० : ३६
सोमबार, १० माघ २०७८

काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित आइप्लेक्स मल अगाडि मापदण्ड मिचेर ब्यापारिक प्रयोजनको टहरा निर्माण हुँदैछ । सो टहरा रत्नकेशरी कनौडियाले बनाउन लागेका हुन् । ३ रोपनी जग्गा रहेको सो ठाउँमा पहिलेदेखि नै पसलहरु सञ्चालनमा थियो । अहिले सो पसल भत्काएर नयाँ टहरा निर्माण गर्न थालिएको छ । टहरा निर्माण गर्न नगरपालिकाबाट नक्सा पास गर्नुपर्छ । तर, कनौडियाले नक्सा पास गराएका छैनन् ।

नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतर्फ जाने मुख्य सडक ८ मिटरको छ । जग्गाको दायाँतिर ८ फिटको गल्ली छ । सो गल्लीको नाम हो ‘ओम गल्ली ।’ ओम गल्ली तर्फको बाटो मापदण्डअनुसार १३ फिटको भएको र कनौडियाले साढे २ फिट छाड्नुपर्ने स्थानीयहरु बताउँछन् । तर, सो मापदण्ड छाडिएको छैन् ।

रत्नकेशरी कनौडियाले सो जग्गा भाडामा दिएको र अहिले त्यहाँ पुरानो टहरालाई मर्मत मात्रै गरेको जानकारी आएको काठमाडौं महानगरपालिका वडा नम्बर–१० का सदस्य नरोज अर्यालले रातोपाटीलाई बताए । उनले भने–‘कोभिडका कारण व्यापारीहरूको समस्या पनि हामीले बुझ्नुपर्छ तर, हामीले नक्सा पास गर्न भनेका छौं ।’

मुल सडक तर्फ पनि ५ फिट छाड्नुपर्ने कानुनी प्रावधान छ । तर, आसपासमा मापदण्ड छाडेर घर बनेपनि सो जग्गामा रहेको पुराना सटर लगाएर भित्रबाट धमाधम टहरा निर्माण भइरहेको छ । महानगरपालिकाको मापदण्डअनुसार संरचना बनाउँदा राइट अफ वे ६ फिट र सेट ब्याक ५ मिटर छाड्नुपर्ने कानुनी व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप