शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

चीनले बेलायतलाई दियो चेतावनी तर किन ?

सोमबार, १० माघ २०७८, १० : १२
सोमबार, १० माघ २०७८

चीनले आइतबार बेलायतलाई चेतावनी दिँदै कोल्ड–वार प्लेबुकको पालना नगर्न भनेको छ । चीनका अनुसार यसको कुनै परिणाम निस्कने छैन । 

वास्तवमा, यसअघि बेलायतका शीर्ष अधिकारीले र रक्षा मामिलाका जानकारले आफ्नो अष्ट्रेलियाली समकक्षसँग कुराकानी गरेका थिए र एयूकेयूएस (अकस) लाई अघि बढाउने कुरामा जोड दिएका थिए र रुस–चीनको प्रतिस्पर्धा गर्नका लागि एक वैचारिक गुटको संयोजनको कुरा गरेका थिए । 

बेलायतले यो कदम पछि चीनले प्रतिक्रिया दिँदै चेतावनी दिएको छ ।
 
अकस एक ऐतिहासिक सुरक्षा सम्झौता हो जसमा अमेरिका, बेलायत र अष्ट्रेलिया समावेश छन् । यो सम्झौताको पछाडि अमेरिकाको उद्देश्य चीनको यो क्षेत्रमा बढ्दो दबदबालाई कम गर्ने बताइएको छ । 

चीनले अकसको गठनपछि यसको निन्दा गरेको थियो र यसलाई असाध्यै गैर जिम्मेवार र संकीर्ण सोच भएको बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजनले यो गठबन्धन क्षेत्रीय शान्तिलाई गम्भीर रुपमा हानी गर्ने र हतियारको दौडलाई बढाउने बताएका थिए । 

ग्लोबल टाइम्सको खबर अनुसार बेलायत थुप्रै मामिलामा चीनसँग गतिरोधको स्थितिमा छ र एक प्रकारले उसले अमेरिकी रणनीतिको पालना गरिरहेको देखिएको छ । 

ग्लोबल टाइम्सको खबर अनुसार बेलायतको यो कदमले बोरिस जोनसोनको प्रशासन स्थानीय मुद्दासँग मानिसको ध्यान बाँड्ने कोसिस गर्नुका साथै बेललायतका विदेशमन्त्री लिज ट्रान्सको महत्वाकांक्षालाई पनि देखाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप