बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सनराइज बैंकको नाफामा साढे २१ प्रतिशतको सङ्कुचन, के छ वित्तीय अवस्था ?

सोमबार, १० माघ २०७८, १० : ०३
सोमबार, १० माघ २०७८

चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म आइपुग्दा सनराइज बैंकको खुद नाफामा सङ्कुचन आएको छ । अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म कुल ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकको नाफामा सोही अवधिमा यस वर्ष  २१.४७ प्रतिशतले नाफा घटेको हो । 

बैंकले जारी गरेको रिपोर्ट अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले जम्मा ७४ करोड ५५ लाख ४४ हजार रुपैयाँ मात्र नाफा कमाउन सकेको हो ।  यस्तै पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ कायम भएको छ । बैंकको सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो । सञ्चालन नाफा २१.५९ प्रतिशतले घटेर १ अर्ब ६ करोड ३४ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । 

अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड ६३ लाख ३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । यस्तै यता समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८० प्रतिशतले बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७४ पैसामा आएको छ भने प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ०१ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप