आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल बैंकले छ महिनामा १ अर्ब ४१ करोड नाफा कमायो

सोमबार, १० माघ २०७८, ०९ : ५२
सोमबार, १० माघ २०७८

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार बैंकले अघिल्लो वर्षको भन्दा ४.९३ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । 

अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेपनि सञ्चालन नाफा भने २०.०८ प्रतिशतले घटेको छ ।
 
तर, बैंकको १३ करोड २४ लाख रुपैयाँ डिफर्ड ट्याक्स फिर्ता भएपछि खुद नाफा बढेको हो । बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । रिजर्भ कोष पनि ६.४३ प्रतिशतले बढेर १७ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।

यस्तै चुक्ता पुँजी १४ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी पनि भने १ रुपैयाँ ७० पैसाले घटेर १९ रुपैयाँ ६७ पैसामा आइपुगेको छ भने पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ १२ पैसा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप