बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

युक्रेन तनाव : अमेरिकाद्वारा दूतावास कर्मचारीको परिवारलाई देश छोड्न आदेश

सोमबार, १० माघ २०७८, ०९ : २७
सोमबार, १० माघ २०७८

अमेरिकाले युक्रेन क्षेत्रमा बढ्दो तनावका बीच त्यहाँ भइरहेका आफ्ना दूतावास कर्मचारीका परिवारलाई फर्कन आदेश जारी गरेको छ । 

अमेरिकी विदेश मन्त्रालयले यसका साथै ती कर्मचारी सदस्यलाई पनि युक्रेन छोड्न अनुमति दिएको छ जो त्यहाँ बसिरहनका लागि खासै आवश्यक छैन । 

साथै , अमेरिकाले युक्रेनमा बसिरहेका आफ्ना नागरिकलाई पनि त्यहाँबाट निकाल्नका लागि पनि विचार गर्न भनेको छ । 

रुसले युक्रेनमाथि सैन्य कारवाहीको योजना बनाइरहेको एक बयानमा भनिएको थियो । यो रिपोर्टलाई ध्यानमा राख्दै यस्तो आदेश जारी गरिएको हो ।  

यद्यपि, रुसले यी दाबीलाई ठाडो अस्वीकार गर्दै हमलाको कुराको खण्डन गरेको छ । 

अमेरिकी विदेश मन्त्रालयको तर्फबाट जारी वक्तव्यका अनुसार यस्तो रिपोर्ट छ जसमा रुसले युक्रेनविरुद्ध ठूलो सैन्य कारवाहीको योजना बनाइरहेको छ । 

जारी गरिएको यो एडभाइजरीमा सुरक्षाको हिसाबले परिस्थिति असाध्यै अप्रत्याशित भएको र निकै सानो सूचनाका साथै स्थिति भयावह हुनसक्ने बताइएको छ । 

हालको समयमा युक्रेनको सीमामा अनुमानित एक लाख रुसी सैनिक तैनाथ छन् । 

नेटोका प्रमुखले यो तैनाथीले युरोपमा एउटा नयाँ संघर्षको खतरा भएको चेतावनी दिएको छ । 

बेलायती सरकारले औपचारिक बयान जारी गर्दै रुस युक्रेनको सत्तामा मस्को समर्थक नेतालाई बसाउन चाहन्छ भनेर चकित पारेको थियो । 

बेलायतको यो बयान यस्तो समयमा आएको हो जब युक्रेनको विषयमा क्षेत्रमा तनाव बढिरहेको छ । बेलायतले यदि रुस सैन्य कारवाही गर्छ भने उसले गम्भीर परिणाम हुनसक्ने बताएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप