बालुवा निकाल्ने क्रममा दुई मजदुरको मृत्यु, प्रहरीलाई जानकारी दिइएन

बैतडीको डिलाशैनी गाउँपालिका-२ मा नहर निर्माणका लागि बालुवा निकाल्ने क्रममा दुई महिला मजदुरको मृत्यु भएको छ । गत शुक्रबार खानीबाट बालुवा निकाल्ने क्रममा च्यापिएर ३६ वर्षीया तारा लुहार र ३८ वर्षीया महना लुहारको ज्यान गएका उनीहरुका नातेदार रमेश लुहारले जानकारी दिए ।
अमर बोहराको अध्यक्षतामा रहेको उपभोक्ता समितिको निर्माणाधीन नहरका लागि बालुवा निकाल्ने क्रममा घटना भएको हो । तर, घटना भने लामो समयसम्म गुपचुप राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाका अनुसार चार दिन अघिको घटनाबारे प्रहरीलाई जानकारी दिइएको छैन । घटना गत शुक्रबार भए पनि सामाजिक सञ्जालमा विवरण आएपछि मात्र स्थानीय जनप्रतिनिधिले जानकारी पाएका हुन् ।
डिलाशैनी गाउँपालिकाका प्रवक्ता अक्कल बहादुर रानाले पालिकाबाट दुवै मृतकका परिवारलाई राहत प्रदान गरिने बताए । मृतकको आश्रित परिवारको आर्थिक अवस्था निकै दयनीय रहेकाले राहतका लागि सामाजिक सञ्जाल मार्फत आग्रह गरिएको छ । मृतक महनाका श्रीमान, तीन छोरा, एक छोरी र एक बुहारी छन् भने, ताराका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नृपेशको ‘तिम्रो मायाको मलाई’ मा बज्राचार्यको स्वर
-
पोखरामा नयाँ वर्ष महोत्सवमा भक्तपुरे विस्केट जात्रा
-
एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान
-
विदेशी लगानी खुला गर्नेदेखि ५ वर्ष वृद्धभत्ता नबढाउन खनाल आयोगको सुझाव, कार्यान्वयन कति सम्भव ?
-
भारतमा धुलोयुक्त तीव्र आँधी
-
जसपा रुपन्देही जिल्ला अधिवेशन बैशाख १३ गते गर्ने निर्णय