बार्सिलोनाको संघर्षपूर्ण जीत, रियल हारबाट जोगियो

फ्रांकी डि योङको एक मात्र गोलको मद्दतले बार्सिलोनाले संघर्षरत आलाभेसलाई हराउँदै स्पेनिस ला लिगाको पाँचौँ स्थानमा उक्लिएको छ । नेदरल्याण्डका मिडफिल्डरले फेरान टोरेसको पासमा ८७ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई महत्त्वपूर्ण तीन अङ्क दिलाएका हुन् ।
ज्याभीको टोलीले खेलमा नियन्त्रण बनाए भने लिगको १९ औँ स्थानमा रहेको आलाभेसले गोलका धेरै अवसरहरु सिर्जना गरेको थियो । खेलमा बार्सिलोनाको पोजेसन ७६ प्रतिशत रहेको थियो । जीतसँगै बार्सिलोनाले २१ खेलबाट ३५ अङ्क बटुलेको छ । चौथो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा मात्र १ अंकले पछि रहेको छ ।
उता, शीर्ष स्थानमा रहेको रियल म्याड्रिडले खेलका अन्तिम ८ मिनेटमा दुई गोल गर्दै इल्चेसँग बराबरी खेलेको छ । दुई गोलले पछि परेको स्थितिलाई उल्टाउँदै रियलले अङ्क बाँडेको हो ।
लुकास बोय र पेरे मिलाले गोल गर्दै रियललाई उसैको मैदानमा स्तब्ध बनाएको थियो । तर, खेलको ८२ औँ मिनेटमा लुका मोड्रिचले पेनाल्टीबाट र इन्जुरी समयमा एडर मिलिटाओले गोल गर्दै रियललाई हारबाट जोगाए ।
यसअघि रियलको सर्वाधिक गोलकर्ता रहेका करिम बन्जेमाले पहिलो हाफमा पेनाल्टीबाट गोल गर्ने अवसर गुमाएका थिए । त्यसपछि उनी घाइते हुँदै मैदान छाडेका थिए । कार्लो एन्चेलोटीको टोलीका लागि बेन्जेमाले यो सिजन ३३ खेलमा २७ गोल गरेका छन् । २२ खेलपछि रियलको ५० अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म