फेरि बन्द भयो सदर चिडियाखाना
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना ६ महिनापछि हिजो आइतबारबाट बन्द गरिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा चिडियाखाना बन्द गरिएको हो ।
सदर चिडियाखानाका प्रमुख रचना शाहले चिडियाखाना केही दिनका लागि बन्द गरिएको जानकारी दिइन् । उनले भनिन् ‘पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरी दैनिक रूपमा खोल्ने तयारी गरेका थियौं, जिल्ला प्रशासन कार्यालयले एक साता बन्द गर्न निर्देशन दियो ।’
उनले स्वास्थ्य सावधानी अपनाएर चिडियाखाना खुला गरे पनि उपत्यकामा संक्रमितको दर ह्वात्तै बढ्न थालेपछि एक सातापछि पुनः खोल्ने गरी हाललाई बन्द गरिएको बताइन् । कोरोना कहरका कारण अघिल्लो वर्ष करिब ९ महिना बन्द भएको चिडियाखाना साउन १ गतेबाट खुला गरिएको थियो ।
आर्थिक अभावका कारण चिडियाखानाका वन्यजन्तुलाई स्याहार्न समस्या परेको बेला पुनः बन्द भएपछि सञ्चालन खर्च जुटाउन थप समस्या पर्ने प्रशासनको भनाइ छ । पछिल्लो समय दैनिक करिब ३ हजार अवलोकनकर्ता चिडियाखाना आउने गरेका थिए ।
पछिल्लो दुई सातायता ओमिक्रोन भेरियन्ट व्यापक रूपमा फैलन थालेपछि अवलोकनकर्ताको संख्या घटेर दैनिक करिब ५ सयको हाराहारीमा झरेको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?