बैंकहरुको नाफा बढ्यो : कसको कति ?
![बैंकहरुको नाफा बढ्यो : कसको कति ?](https://rpcdn.ratopati.com/media/albums/Bank_Profit_Business_Growth_Inner_F_cYoSUBGiNl.jpg)
सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कमध्ये २३ वटा बैङ्कले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । आव २०७७/७८ को साउनदेखि पुससम्ममा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैङ्कहरूले यो वर्षको सोही अवधिमा तीन अर्ब रुपियाँ बढी नाफा आर्जन गरेका हुन् ।
गत वर्ष सोही अवधिको तुलनामा बैङ्कहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ । यो वर्ष ग्लोबल आईएमई बैङ्क धेरै नाफा आर्जन गर्नेमध्ये अग्रणी बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सो बैङ्कले दुई अर्ब ६६ करोड ३३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो । यस अवधिसम्म बैङ्कको वितरणयोग्य नाफा एक अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपियाँ छ । यसअघि नबिल र एनआईसी एसिया बैङ्क नाफामा अगाडि भएको भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्मको विवरणअनुसार भने ग्लोबल आईएमई बैङ्क नाफामा पनि अगाडि देखिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीका ५ पालिकामा माओवादीको सम्मेलन सम्पन्न, केहीमा विवाद
-
उमागौरी कृषि सहकारी ठगी प्रकरण : पीडित थुनामा, कसुरदार फरार
-
विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा फेरि अस्मिता भण्डारी
-
निर्माता बन्ने विषयमा के भन्छिन् आँचल ?
-
राष्ट्र बैंकले तेस्रोपटक पनि किन रद्द गर्यो ‘इमेल सेक्युरिटी गेटवे’को ठेक्का ?
-
नमस्ते पे मार्फत उडान टिकट खरिदमा १५० रुपैयाँसम्मको क्यासब्याक